गुल्मीको रेसुङ्गा क्षेत्रमा भीषण आगलागी

Posted on: 04 Mar, 2017

फागुन २१, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी सुरु भएको छ । 

सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणभन्दा बाहिर रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरसमेत उच्च जोखिममा परेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!