निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

Posted on: 05 Mar, 2017

फागुन २२ ,पोखरा  | नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्च को आयोजनामा थुम्किमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविर उद्घाटन गर्दै कृषि बन बिक्षान बिश्व बिद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.रामनाथ ओझाले आफ्नो जन्मभुमिमा कार्यक्रम गरि बृद्दा बा आमा र अशक्त हरुको उपचार गर्न पाउँदा खुसी भएको बताए । साथै उनले बैसाख भित्र थुम्कीमा माटो परिक्षण गराएर  कृषकको लागि काम गर्ने बताए ।  कार्यक्रममा बिशेश अतिथि डा.नारायण ओझाले आफ्ना गाउँ मा सामाजिक कार्यक्रम ल्याएर रोजगारीको अबसर प्रदान गर्न सबै एक हुनुपर्ने मा जोड दिए । शिबिर बाट थुम्की गाविसका  करिब आठ सय जनाले निशुल्क स्वास्थ्य जाँच गरेका मंचका सचिव राजन सुबेदीले जानाकारी दिए ।

कार्यक्रममा नेशनल सिटि हस्पिटलका प्रबन्धक बिक्रम अधिकारीले आफ्नो हस्पिटल लाई निमन्त्रणा गरि गरिब दिन दुखीको सेवा गर्न अबसर दिनुभएकोमा आयोजक लाई धन्यवाद ब्यक्त गरे । नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्चका अध्यक्ष बयान बहादुर गोदार को अध्यक्षतामा भएको  कार्यक्रमको संचालन   एमाले युवा नेता तथा नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्चका सचिव राजन सुवेदी सञ्चालन गर्नु गरेका थिए भने स्वागत शिवालय उ मा बि का शिक्षक ऋषिराम ओझाले गरेका थिए ।  शिविरमा डा.नारायण ओझा ,डा.सन्दिप ओझा ,डा.सुदिप सुवेदी, डा. दिलिप ओझा ,डा. श्याम लौडारी,डा.सुशील अधिकारी,डा.विवेक लुईटेल,मनकुमारि ओझा लगायतका डाक्टर हरुले स्त्रीरोग,हार्ड तथा नसा रोग, जनरल मेडिसियन, दन्त रोग, नाक कान घाँटी र अन्य रोगको उपचार गरि औषधि बितरण गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!