कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on: 08 Mar, 2017

फागुन २५, धनगढी । कैलालीको भजनी त्रिशक्ति नगरपालिका–७ टेकीपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी बाजुरा घर भई इप्रका भजनीमा कार्यरत २७ वर्षीय अशोककुमार शाही र टीकापुरका २७ वर्षीय हिरासिं ठकुरीको मृत्यु भएको इप्रका भजनीका प्रहरी निरीक्षक हिरासिं महराले बताउनुभयो । मृतकहरु काका–भतिजा भएको बताइएको छ । 

शाहीले चलाएको से ४ प ७१६५ नं को मोटरसाइकल सडक छेउको खम्बासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!