१०७औं महिला दिवस जाजरकोट पनि मनाईयो

Posted on: 08 Mar, 2017


धिराज आर.सी./फागुन २५, जाजरकोट । जाजरकोटमा १०७औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय नारा ‘‘महिला सम्मानको आधार सीपयुक्त हात र सोरोजगार” र अन्तराष्ट्रिय नारा ‘‘बदलिदो परिवेसमा कमकाजी महिला सन २०३० सम्मा वरावरी पाईला” भने नाराका साथ विविध कार्यक्रम गरेर महिला दिवस जाजरकोटमा पनि मनाइएको छ । 

विहान ८ वजे जिल्ला अस्पतालमा बिरामिलाई फलफूल वितरण गरीयो र १०:३० वजे ठाटी बजारबाट जुलुस निकालि ११ वजे जिल्ला प्रशासन प्राड्ढणमा कोणसभामा परिनत भएको हो ।

महिला तथा वालबालिका कार्यलयले गरेको आयोजनामा प्रमुख जिल्ला अधिकारीको अधक्ष्यतामा विभिन्न राजनीतिक दलका प्रमुख, कार्यलय प्रमुख, नागरिक समाज, संघ सस्थाका प्रमुख, प्रत्रकार, त्तथा भद्र भलादमि सम्मिलित ५१ सदस्थीयहरुको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रमा वक्तित्वकला, कुर्सीदैड र खुल्ला प्रतियोगिता हुने हुदा इच्छुक महिला दिदीवहिनिले प्रतियोगितामा भाग लिनु भएको थियो । जस्मधे वक्तित्वकलामा प्रथम कमला वस्नेत द्धितीय माया घर्ती तृतीय सुशिला खडका र सान्तवनामा सुनिता शर्मा र कुर्सीदैडमा प्रथम वसन्ति बुढा  द्धितीय जानुका चन्द तृतीय संगिता सुनार र सान्तवनामा सविना वस्नेत बिजय हुनु भएको थियो बिजयलाई नगत पुरुस्कार प्रोतसाहन स्वरुप पुरुस्कार र प्रशंसा पत्र प्रदान गरीएको थियो ।


यस कार्यक्रममा ५०० भन्दा बढी महिला दिदी वहिनिहरुको सहभागिता रहेको थियो कार्यक्रमा बोलदै महिला तथा वालबालिका कार्यलयकी अधीकृत पंकजा कुमारी जोशीले स.न. १९१० देखि महिला र पुरुष बिच समान कानुनि अधिकार हुनुप्रछ भनेर अमेरीकाबाट सुरुगरीएको अभियानकै समानसोरुप हरेक वर्ष मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवस मनाईन्छ ।

यसै अवसरमा हाम्रो जिल्लामा पनि विभिन्न कार्यक्रमसहित १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो गाँउ तिरपनि मनाईने गरेको यस अन्तराष्ट्रिय महिला दिवसले सम्पुर्ण महिलाहरुलाई प्रतिश्प्रति क्षेमता र अभ्यास गरोस भन्ने सुभकामना दिनुएको थियो ।

यस कर्यक्रमलाई श्रीमति सुरीता वस्नेतले सञ्चालन गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द पैडेलले उदघाटन र समापन गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!