अपडेटः ५० यात्रु सवार बस भीरबाट खस्यो, १५ को मृत्यु, ३५ जना घाइते

Posted on: 09 Mar, 2017


फागुन २६, जाजरकोट । जाजरकोटमा यात्रुबाहक बस भीरबाट खसेर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् । 

बिहीबार अपरान्ह खलंगाको बोहोरा गाउँबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ बस बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । बसमा करिब ५० यात्रु सवार रहेको अनुमान गरिएको छ । 

दुर्घटनास्थलबाट १५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा घाइते भएका ३५ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ । दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ । तस्बिर: रातोपाटी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!