अपडेट: जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २२ पुग्यो

Posted on: 09 Mar, 2017


फागुन २६, जाजरकोट । जाजरकोटमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको २२ पुगेको छ भने दर्जनौं घाइते भएका छन् । 

सदरमुकामबाट साल्मा–५ खारातर्फ गइरहेको ना३ख २२७९ नंको यात्रुवाहक बस दुर्घटना हुँदा  २२ यात्रुको निधन भएको हो । भेरीमालिका नगरपालिका–४ पासागाड खोलामा भएको दुर्घटनामा एकचालिस जना घाइते भएको प्रहरीले बताएको छ ।


घाइतेलाई जिल्ला अस्पतालमा ल्याइएको छ । त्रिचालिस यात्रु सदरमुकामबाट गएको चलानी पुर्जीमा उल्लेख छ । बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ ।

बस ४०० मिभन्दा अग्लो भिरबाट खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!