बन्दकर्ताद्वारा मोटरसाइकलमा आगजनी

Posted on: 10 Mar, 2017

फागुन २७, विराटनगर । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज गरिएको नेपाल बन्दको प्रभाव पूर्वी नेपालमा बिहानदेखि परेको छ । 

सो बन्दका कारण आज बिहानदेखि सार्वजनिक यातायातका साधन महेन्द्र राजमार्गका साथै सहायक मार्गमा गुडेका छैनन् । विराटनगरमा छिटफुटरुपमा मोटरसाइकल गुडिरहेका छन् । खासगरी विराटनगरमा दक्षिणी क्षेत्रमा मोर्चाका कार्यकर्ता ठूलो सङ्ख्यामा उत्रिएका छन् । बन्दको प्रभाव शिक्षण संस्थामा पनि परेको छ । बन्दकर्ताले बजारका साथै कलकारखाना बन्दको समेत आह्वान गरेका छन् । 

यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले मोरङमा अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि सुनसरीको दुहवीमा एउटा मोटरसाइकलमा आगजनी भएको जानकारी गराएको छ । बन्दकर्ताले आगजनी गरी भागेको र सो मोटरसाइकलको नम्बर खुल्न नसकेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!