बस दुर्घटनामा मृत्यु भएका र घाईतेका आफन्तद्वारा जाजरकोटमा आन्दोलन

Posted on: 10 Mar, 2017


धिराज आर. सी | फागुन २७, जाजरकोट | भेरीमालिका नगरपालिका ४ बोहोरामा बिहिबार ना. ३ ख. २२७९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा मृत्थु भएका र घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन् ।  

दुर्घटनामा परी २६ जनाले ज्यान गुमाएका र ३६ जना घाईतेका आफन्त आन्दोलनमा उत्रेका छन् । आज दिनभर नै जिल्लामा उधोग बाणिज्य सँघको अगुवाईमा प्रशासन विरुद्ध शान्तिपुर्ण आन्दोल भएको छ । 


उधोग बाँणिज्य सँघले घाईतेहरुको निशुल्क उपचार हुनुपर्ने, घटनाको निष्पक्ष छानविन हुनुपर्ने र पिडित परिवारलाई राहत तथा उचित क्षतिपुर्तिको व्यवस्था हुनुपर्ने लगायतका माग सहित विज्ञप्ती निकालेको छ । भने स्थायन आन्दोलनमा उत्रिएका छन । 

बर्षाै पुराना गाडि भएकोले यस्तो हुन सक्ने जाजरकोट उधोग बाणिज्य सँघका वरिष्ठ उपाध्यक्ष भद्र बहादुर वलीको भनाई छ । सम्बन्धित निकायको लापरबाहिले गर्दा यस्ता घटनाहरु भएको स्थानिय व्यापारी दिपक खत्रीको भनाई छ । 


आजै बसेको सर्बदलिय वैठकले ईमाश्वर देबकोटको संयोजकत्वमा ७ सदसिय माग पुराग गराउन सँघर्षस समिति समेत चयन गरिएको छ । समितिले पिडित परिवारलाई २१ दिन भित्र ५ लाख क्षतिपुर्ति दिन पहल गर्ने र लास बुझ्नु पहिले नै क्रिया खर्च दिलाउनु पर्ने जस्ता मागका विषयमा संघर्ष समितिले पहल गर्ने र्निय गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!