क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीको गुनासो

Posted on: 11 Mar, 2017

फागुन २८, डडेल्धुरा । डडेल्धुरा पारामेडिकल क्याम्पसबाट पैसा फिर्ता नपाएको ठगिएका बिद्यार्थीहरुले गुनासो गरेका छन् ।

 प्राविधिक तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी)को एक टोली जिल्लामा नै पुगेर क्याम्पसबाट ठगिएका बिद्यार्थीहरुको पैसा फिर्ता गराउन १५ दिनको म्याद सहितको कागज बनाएको भएपनि अहिले सम्म पैसा पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।

 तोकिएको म्याद बिहीबार नै सकिएको भएपनि पैसा नपाएको भन्दै बिद्यार्थीहरु आक्रोसित भएका छन् ।

 यस बिषयमा सीटीईभीटीको केन्द्रिय कार्यालयलाई सोध्दा म्याद थप गरिएको जानकारी दिएको छ । सुरुमा १५ दिनको म्याद दिएको भएपनि सो समयावधी भित्र बिद्यार्थीको पैसा बुझाउन नसकिने भन्दै क्याम्पस प्रशासनले गरेको आग्रह अनुसार ६ दिन फेरी समय थपिएको सीटीईभीटीको स्तर निर्धारण महाशाखाका निर्देशक रामसिंह धामीले जानकारी दिएका छन् ।

 क्याम्पसले पैसा फिर्ता गरेपछि बिद्यार्थीहरु अध्ययनका लागि सेती प्राविधिक शिक्षालय डोटी र राप्ती प्राविधिक शिक्षालय दाङ जाने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!