५२ बुलेट मोटरसाइकल नियन्त्रणमा

Posted on: 12 Mar, 2017

फागुन २९, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ । 

कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए । 

यस्तै कार्यालयले विभिन्न मोटरसाइकल वर्कसपका ५५ मिस्त्रीलाई सवारीसाधनमा ध्वनि परिवर्तन गर्न नहुने र यदि गरेको पाइएमा कानुनअनुसार सार्वजनिक मुद्दासमेत चलाइने चेतावनी पनि दिएको वताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!