पाल्पामा विद्यालय भवन निर्माण

Posted on: 13 Mar, 2017

फागुन ३०, पाल्पा। नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ । 

जिल्ला शिक्षा कार्यालय पाल्पाको रु २४ लाख र विद्यालयको आन्तरिक स्रोत रु १५ लाख गरी रु ३९ लाख बराबरको लागतमा भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सहयोग पुगेको प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले बताउनुभयो । 

नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!