पोखराको सडकमा ढलेर एक युबकको मृत्यु

Posted on: 14 Mar, 2017

कमल सुबेदी |

चैत १, पोखरा  | पोखरा १० बुद्धचोक स्थितको सडकको किनारामा  फोहोर फाल्ने ठाउँमा  ढलेका एक युबकको मृत्यु भएको छ । मंगलबार करिब १ बजे तिर करिब ३० वर्षका युवक एकासी ढलेको केही बेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मृत्यु हुनेमा कास्की भलाम बस्ने ३० वर्षका लक्ष्मण थापा  रहेको प्रहरीले बताएको छ । थापा ढलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पश्चिमाञ्चल अस्पतालमा लगेकोमा अस्तालमा पुग्दा थापाको मृत्यु भई सकेको  थियो  ।  थापाको शव  आफन्तले  बुझेर लगेको कास्की प्रहरीले बताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!