क्रान्तिकारी पत्रकार संगठन कास्कीद्धारा पत्रकारीता पुरस्कार स्थापना

Posted on: 15 Mar, 2017

चैत २, पोखरा |  क्रान्तिकारी पत्रकार संगठन, कास्कीले क्रान्तिकारी पत्रकारीता पुरस्कार स्थापना गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेर जनपक्षिय पत्रकारीता गरेका पत्रकारहरुलाई प्रदान गर्ने उद्धेश्यले पुरस्कार स्थापना गरिएको संगठनका कास्की जिल्ला अध्यक्ष माधब पनेरुले जानकारी दिए ।

संगठनको जिल्ला समीतीको बैठकले २५ हजार ५ सय ५५ रुपैया तथा ताम्रपत्र सहितको पुरस्कार राशी भएको पत्रकारीता पुरस्कार स्थापना गर्ने र्निणय गरेको थियो । बिभिन्न समयमा नेपालमा भएका परितर्बनको पक्षका आन्दोलनहरुमा ज्यान गुमाएका शहिद पत्रकारहरुको स्मरणमा जनताको घरदैलोमा पुगेर चेतना फैलाउने र परिबर्तनको पक्षमा कलम चलाउने पत्रकारहरुको प्रोत्साहन तथा सम्मानका लागि पुरस्कार स्थापना गरिएको संगठनले जनाएको छ ।

कम्तीमा १० बर्ष पत्रकारीता गरेको पत्रकारले यो पुरस्कार प्राप्त गर्नेछ । पुरस्कार बर्षको एक पटक बिषेश समारोहको आयोजना गरी प्रदान गरीनेछ । पुरस्कार बितरण तथा ब्यबस्थापन नियमावली र्निमाणका लागि पत्रकार महासंघ कास्कीका नि. बर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा कास्की जिल्ला अध्यक्ष माधब पनेरु र सचिव फणिन्द्र अधिकारी सदस्य रहेको निबयमावली र्निमाण समितीले दिएको पुरस्कार बितरण संबन्धी निर्देशीका पनि तयार भएको संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए ।

अब छिट्टै पुरस्कार बितरणका लागि प्रतिभा छनौट समीती गठन गरीने पनि जनाईएको छ ।  पुरस्कार बितरणको लागि राजेन्द्र अधिकारीको संयोजकत्वमा पुरस्कार अक्षयकोष निर्माण समिति  पनि बनाइएको छ । समितिले पुरस्कारका लागि सबैमा सहयोगका लागि अपिल गरेको संयोजक अधिकारीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!