अर्घाखाँचीमा माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा

Posted on: 15 Mar, 2017

चैत २, अर्घाखाँची । एसएलसी परीक्षाको नाम बाट चिनिदै आएको यसवर्षको माध्यमिक शिक्षा परीक्षाको अर्घाखाँची जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । 

यहि चैत्र ३ गते देखी १४ गते सम्म सन्चालन हुने परीक्षामा जिल्ला भरी १७ वटा परीक्षा केन्द्र रहने र  नियमित छात्रा तर्फ २०९६, छात्र तर्फ १७९८ एक्जाम्टेड तर्फ छात्रा ८८  छात्र ४७ र आंशिक ग्रेड बृद्धि तर्फ छात्रा १६६ र छात्र ५५ गरी जम्मा ४२५० विद्यार्थी सहभागि हुँदैछन् । 

जसमा नियमित तर्फ आबेदन दिनेमा   १८४१ छात्र र २१७८ छात्रा सहभागि हुने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । त्यसै गरी परीक्षालाई ब्यबस्थीत रुपमा संचालन गर्नको लागी १७ जना केन्द्राध्यक्ष, २१ जना सहायक केन्द्राध्यक्ष, १८२ जना निरीक्षक, ९६ जना सहयोगी र प्रत्येक केन्द्रमा बढीमा १५ जना सुरक्षाकर्मी को ब्यबस्था गरीएको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिनु भएको छ ।

साथै जिसिअ क्षेत्रीले परीक्षालाई मर्यादित ब्यबस्थीत र अनुशासीत ढंगबाट सन्चालन गर्नको लागी सबैको सहयोगको समेत अपेक्षा गरेको जानकारी दिनु भएको छ । परीक्षाको नतिजा लेटर ग्रेड्रिङ सिस्टममा सार्वजनिक हुने कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!