तीन सय केजी गाँजा बरामद

Posted on: 16 Mar, 2017

चैत ३, हेटौँडा । मकवानपुरको मनहरिबाट अवैध तीन सय सात केजी गाँजा लिएर भारतको रक्सौलतर्फ जाँदै गरेको एक भारतीय ट्रक र त्यसका चालकलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिइएकामा भारत मोतीहारीका अशोककुमार दुबे र डब्ल्यु बी११–८५२४ नंको ट्रक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालक दुबेले ट्रकको भित्रपट्टि फल्स बटम बनाई १६ वटा बोरामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!