कुखुरापालन व्यवसायबाट मनग्य आम्दानी

Posted on: 17 Mar, 2017

धिराज आर. सी./चैत ४, जाजरकोट । जाजरकोटको भेरीमालिका नगरपालिका –१ कालेगाउँका सुरेश केसीले अध्ययनका साथै कुखुरापालन व्यवसाय गरेर स्वरोजगार बन्नु भएको छ । 

उहाँ हाल कक्षा ११ अध्ययनरत हुनुहुन्छ । 

२०७२ साल असोजबाट ३० वटा कुखुरा पालन गरी यो व्यवसाय सुरु गरेका शुरेसले ३० वटा कुखुरा बेचेर उहाँले ७ हजार रुपैयाँ आम्दानी गर्नुभएको थियो । त्यसको ६ महिना पछि उनले निर्धन उत्थान बैकबाट २० हजार रुपैयाँ ऋण लिएर २५० वटा ब्रोइलर र लेयर्स किनेर उनले व्यवसाय अझैं फस्टाएका थिए ।

 २ सय ५० वटा ब्रोइलर र लेयर्स बेचेर झण्डै ६० हजार बराबरको आम्दानी भएको थियो । उक्त आम्दानीबाट आएको पैसाले बैंकको ऋण पनि चुक्ता गरिसकेको उनी बताउछन् । त्यसपछि हिजो आज उनी हौसिएर यो पटक ५ सय ब्रोइलर र लेयर्स थपेका छन् । अहिले दिनमा १८ केजी बराबर मासु बिक्री हुने गरेको उनले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!