हृदय रोग निवारण प्रतिस्ठानको तेस्रो साधारणसभा सम्पन्न

Posted on: 17 Mar, 2017

चैत ४, अर्घाखाँची । नेपाल हृदय रोग निवारण प्रतिस्ठान अर्घाखाँची शाखाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन को उद्घाटन कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनको उद्घााटन गर्दै उद्योग बाणिज्य संघ का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले मानव अंगको अति संबेदनसिल अंग मुटु भएकाले यसको उचित संरक्षण र हेरचाह गरिएमा मानिसले दृघ जिबन जिउन सक्ने भन्दै सबै ब्यक्तिहरुले सामजमा चेतना मुलक सन्देश जगाउनु पर्नेमा जोड दिनु भएको थियो । 

साथै उहाँले यसको प्रचार प्रसार को लागि राज्य ले उचिच कदम चालि स्वस्थ्य समाजको निर्माणको लागि पहल गर्नुको बिकल्प नभएको समेत बताउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि, जिल्ला स्वास्थ्य कार्यलय का राम प्रसाद गौतम, जनज्योति माबि ब्यवस्थापन समितिका अध्यक्ष धर्म राज बन्जाडे, जिल्ला खेलकुदक बिकास समिति का अध्यक्ष सिद्धि प्रसाद भुसाल ,अर्घाखाँची अस्पतालका अध्यक्ष ना रायण पौडेल लगाएतले शुभकामना मनतब्य राख्दै आहार बिहार र बिचार मा ध्यान दिएमा स्वस्थ्य जीवन बिताउन सकिने कुरामा सबै ले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियो । 

कार्यक्रम संस्था का अध्यक्ष हुम प्रसाद भुसालको अध्यक्षता मेनुका पौडेलको स्वागत मनतब्य र सुर्य थापाको सन्चालनमा सम्पन्न भएको थियो अधिवेशनले नयाँ नेतृत्व चयन गरि सम्पन्न हुने पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!