रामेछापमा सवारी दुर्घटना हुदाँ १ जनाकाे मृत्युु, १ गम्भीर घाइते

Posted on: 17 Mar, 2017

प्रज्वल पाैडेल । चैत्र ४, रामेछाप ।

रामेछापकाे मन्थली करमबाेटमा माइक्रोबस र माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे घटनास्थलमा मृत्युु भएकाे छ भने १ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वाड नं. २ स्थित खिम्ती - रामेछाप सडकखण्डमा दुर्घटना हुदाँ मोटरसाईकल चालक ४३ बर्षिय भरत बिक्रम खड्काको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा गम्भीर घाईते भएका ६५ बर्षिय गजेन्द्र बहादुर खड्कालाइ उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौकाे ग्रान्डी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । दुर्घटनामा माेटरसाइकलमा सवार फर्पु गाविस वार्ड नं १ निवासी खड्का बाबू -छाेरा  हुन् ।  

दोलखा जिल्लाकाे मालुखोलाबाट काठमाण्डौको जाँदै गरेको बा. १ ज ९६०३ नम्बरको सुपर सीटी यातायात प्रा.लि. को माईक्रो बस र मन्थलि बाट खिम्ती तर्फ जादै गरेको बा. १२ प ८१९४ नम्बरको मोटरसाईकल दिउँसो १:४० बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जाेशीले जानकारी दिनुभयाे । जाेशीका अनुसार घटना लगतै माइक्रोबस चालक र दुर्घटनामा सम्लग्न सवारीसाधनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!