६६ वर्षीय बृद्धले गरे इसिडिको भवन निर्माणका लागि तीन सय वर्गमिटर जग्गाा दान

Posted on: 18 Mar, 2017

नन्दराम जैशी/चैत ५, जुम्ला । गोठीचौर गाउँपालिका २ कोल्तेगाउँका ६६ वर्षीय बृद्ध लालबहादुर बोहोराले बालविकास केन्द्र(इसिडि)को भवन निर्माणका लागि तीन सय वर्गमिटर जग्गाा दान दिनुभएको छ । 

गाउँ देखि विद्यालय टाढा भएकोले साना बालबच्चाहरु विद्यालय जान नसक्ने र उनीहरुको भविश्य बरवाद नहोस् भन्ने उदेश्यले बालबालिकाको शिक्षाका लागि जग्गा दान गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, मान्छे मरेर जान्छ तर त्यही मान्छेले दिएको दान अजम्मरी हुन्छ, जीन्दगीको उत्तरार्धमा आफुले बालबालिकाको लागि भविश्य निर्माण गर्ने स्थलका लागि काम गर्न पाउदा खुशी भएको छु । 

उक्त दुई कोठे बालविकास केन्द्र सामुदायिक विकास कार्यक्रम(सिडिपि)को आर्थिक सहयोगमा निर्माण हुन लागेको उहाँले बताउनुभयो । २०६६ सालमा गोठीचौर गाविसको एक लाख रुपैयाको सहयोगमा काठको टहरामा पठनपाठन हुने गरेको थियो ।            

 गाउँदेखि कुईगाउँमा रहेको प्रावि विद्यालयमा बालबालिकालाई जानमा मात्र ३ घण्टा समय लाग्ने गर्दछ, मौसमको अनुकुलता हेरेर विहान ७ बजे नै विद्यालय जान्छन् तर पानी परेको दिनमा विद्यालय नजाने गरेको उहाँको भनाई रहेको छ । 

अहिले उक्ता बालविकास केन्द्रमा ३५/४० जना बालबालिकालाई एक जना ईसिडि शिक्षिकाले पठनपाठन गराउने गरेका छन् । पानी परेको दिनमा अर्को विद्यालयमा जाने २/३ कक्षाका विद्यार्थी पनि त्यही बालविकास केन्द्रमा अध्ययन गर्ने गरेका छन् । यसैबिच विद्यालय परिवारले जग्गादाता बोहारालाइ धन्यबाद ब्यक्त गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!