एउटै मन्त्रालय अन्र्तगतको मालपोत आयो, नापी आएन्

Posted on: 20 Mar, 2017

अमृत बास्तोला/चैत ७, तेह्रथुम । स्थानीय तह पुनसंरचना कार्यान्वयन गर्ने अख्तियारी पाए लगतै तेह्रथुमको आठराई गाउँपालिकाको कार्यालय संक्रान्तिबजारमा स्थापना भयो । संक्रान्तिबजार मै नापी कार्यालय स्थापना गर्ने अख्तियारी पाएको पाँच महिना विति सक्दा पनि अझै नापी कार्यालय स्थापना भएको छैन् । 

भूमिसुधार तथा व्यावस्था मन्त्रालय अन्र्तगतको नापी कार्यालय सँगै अख्तियारी पाएको मालपोल कार्यालयले गत पुस २० गतेदेखि कार्यालय स्थापना गरी सेवा ग्राहीलाई सेवा दिन थालेको छ । दुवै कार्यालयले गत कात्र्तिक महिनामा आठराई गाउँपालिकाको केन्द्र साविक संक्रान्तिबजार वडा नं. ६ मा कार्यालय स्थापना गर्ने अख्तियारी पाएका थिए । 

मालपोत कार्यालय स्थापना हुदाँ निकै हर्षित बनेका आठराई बासी लामो समय सम्म नापी कार्यालय स्थापना नहुदाँ समस्यामा परेका छन् । मालपोत र नापी कार्यालयमा सँगसँगै काम गराउनु प¥र्ने सेवा ग्राहीले, मालपोल सँग आठराईमा सेवा लिएर ६८ किलोमिटर कच्चि बाटोको यात्रा गरेर सदरमुकाम म्याङलुङमा रहेको नापी कार्यालयमा सेवा लिन आठराई बासी बाध्य भएका छन् । 

नापी कार्यालय आठराईका लागि खटिएका कार्यालय प्रमुख मिथलेस यादवका अनुसार संक्रान्तिबजारमा कार्यालय स्थापना हुने तर कहिले भन्ने बारेमा आफु नै अन्योल भएको बताएका छन् । सदरमुकाम म्याङलुङमा रहेको नापी कार्यालयमा आठराई क्षेत्रको लागी अहिले आवश्यक कागज, पत्र र फायलहरु मिलाउने काम भइरहेको छ, आठराईमा कार्यालय स्थापना हुन प्राविधिक समस्याले अझै समय लाग्ने सक्ने यादवको भनाइ रहेको छ । 

संक्रान्तिबजारमा कार्यालय स्थापना गर्न माघ महिना मै नापी कार्यालयले घरभाडा सम्झौता गरेको थियो । सक्रान्तिबजारमा नापी कार्यालय स्थापना भए पछि आठराई गाउँपालिकाको ७ ओटा वडा साविक सक्रान्तिबजार, खाम्लालुङ, ह्वाकू, ईवा, छातेढुङ्गा, चुहानडाँडा र थोक्लुङ र फेदाव गाउँपालिकाको २ ओटा वडा साविक सम्दु र ईसिवु गाविसका सेवा ग्राहीले सेवा लिन पाउने छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!