बेगखोलामा खेलमैदान निर्माण

Posted on: 20 Mar, 2017

चैत ७, म्याग्दी । बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ । 

बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने निर्माण समितिका अध्यक्ष तिलक तिलिजाले जानकारी दिनुभयो । 

दोस्रो चरणमा प्याराफिट निर्माण लक्ष्य रहेको बेगखोला युवा क्लबका अध्यक्ष ठगप्रसाद फगामीले बताउनुभयो । प्याराफिट र स्टेज निर्माणका लागि आर्थिक स्रोत जुटाउन अभियान थालिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!