गणेशपुरमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने

Posted on: 22 Mar, 2017

चैत ९, डडेल्धुरा । डडेल्धुराको साविकको गणेशपुर गाविसमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

 गणेशपुर गाविसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी गणेशपुर उपशाखा गणेशपुर बडालको आयोजनामा शिविर सञ्चानल हुन लागेको हो ।

 यसै महिनाको १२ गते शिविर सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी गणेशपुर उपशाखा गणेशपुर बडालका सभापति वीर बहादुर कार्कीले जनाकारी दिएका छन् ।

 उक्त निःशुल्क सञ्चालन हुने शिविरमा सर्वसाधारणका लागि आँखा उपचार तथा औषधि र बृद्ध–बृद्धाहरुका लागि निःशुल्क औषधिका साथै चस्मा बितरण समेत गरिने सभापति कार्कीले जनाकारी दिएका छन् ।

 शिविर नेपाल रेडक्रस सोसाइटी गणेशपुर उपशाखा बडालको भवानमा बिहान १० बजे देखी सञ्चालन हुने कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!