संस्थाहरुको नियन्त्रण प्रणाली तथा सुशासन सम्बन्धी तालिम सुरु

Posted on: 22 Mar, 2017

प्रकाश धौलाकोटी/चैत ९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा गैर–सरकारी संस्थाहरुको जवाफदेहिता र सुशासन, सवलिकरण कार्यक्रम अन्तर्गत आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी तीन दिने तालिम बुधबारबाट सुरु भएको छ । 

गैरसरकारी संस्था महासंघ तेह्रथुम शाखाको आयोजनामा दलित सचेतना समाज नेपालको हलमा भइरहेको तालिममा गैरसरकारी संस्थाहरुको आन्तरिक नियन्त्रण प्रणाली परिचय, महत्व, आवश्यकता, यसका तत्वहरु, आन्तरिक नियन्त्रणका प्रमुख नीति तथा प्रक्रियाहरु, पेश्की तथा कर्मचारी व्यवस्थापन, खरिद तथा बजेट व्यवस्थापन लगायत विषयमा छलफल भइरहेको छ । 

जिल्लाका विभिन्न गैरसरकारी संस्थाहरुका ३० जना सहभागी तालिममा गैसस महासंघका श्रोतव्यक्ति सरोज भुजेल र प्रवीणनारायण श्रेष्ठले सहजीकरण गरेका छन् । तालिम सहभागीलाई प्रमाण पत्र वितरण गर्दै शुक्रबार सकिने गैरसरकारी संस्था महासंघ तेह्रथुमका सचिव सन्तोष तिगेलाले जानकारी दिनुभयो । 

तालिमको उद्घाटन कार्यक्रममा गैसस पुर्वान्चल समितिका सहसचिव अर्जुन ढुंगाना, नागरिक समाज तेह्रथुमका अध्यक्ष तुलसी संग्रौला र गैसस तेह्रथुमका अध्यक्ष अनुभूतिबम नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिमले जिल्लाका गैरसरकारी संस्थाहरुको क्षमता विकासमा महत्वपुर्ण सहयोग पुग्ने अध्यक्ष नेपालीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!