मोरङमा यात्रुवाहक बस दुर्घटना हुँदा चारको मृत्यु, १९ घाइते

Posted on: 23 Mar, 2017

चैत १०, मोरङ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५३८७ नं.को बस बुधबार साँझ मोरङको पथरी सडकखण्डको छधारेमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी १९ यात्रु घाइते भएका छन् । 

सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस सडक नजिकैको रुखमा गएर ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । 

दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस  फाइल तस्बिर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!