जाजरकोमा मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्पन्न

Posted on: 23 Mar, 2017


धिराज आर.सी./चैत १०, जाजरकोट । जाजरकोट जिल्ला सदरमुकामा आज प्राइमलाइफ इन्सुरेन्स शाखा कार्यालय, सुर्खेतले  खलंगामा मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 

बीमीत व्यक्तिको मृत्यु भएपछि कम्पनीको शाखा कार्यालयले मृत्यु दावी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । बीमीत प्रकाश रोकायको २०७२ सालमा असामायिक मृत्यु भएपछि कम्पनीको शाखा कार्यालयले एक कार्यक्रमको आयोजना गरेर मृतक रोकायका बुवा मोतिलाल रोकायको नाममा ५८ हजार २ सय ५० रुपैयाको चेक हस्तान्तरण गरेको छ । 

मोतिलाल रोकायलाई शिद्धार्थ बैंकको ५८ हजार २ सय ५० रुपैयाको चेक निर्माण व्यवसायी संघ, जाजरकोटका अध्यक्ष तेज विक्रम शाहमार्फत कम्पनीले हस्तान्तरण गरेको थियो ।

कुसे गाउँपालिका ७ ढिमेका १९ बर्षिय प्रकाश रोकायले आज भन्दा ६ बर्ष पहिले प्राइमलाइफ प्राइमलाइफ इन्सुरेन्स कम्पनीमा ५० हजारको जीवन बीमा गरेको जाजरकोट शाखाकी मेनिजर शरस्वती गिरीको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!