पहिलो बेहेतमै ३ सन्तान, आमा र बाच्चाको अवस्था सामान्य

Posted on: 26 Mar, 2017

दलसिंह गिरी/चैत १३, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि १३ कोष टाढा रहेको फुकोट निवासी एक २५ बर्षिया महिलाले पहिलो बेहेतमै ३ सन्तान जन्माएकी छन् । 

फुकोट गाविस वडा नं. ९ निवासी खेमराज उपाध्यायकी पत्नी सर्मिला उपाध्यायले २ छोरा र १ छोरी गरी एकै साथ २ सन्तान जन्माएकी हुन् ।

नियमित ४ पटक सम्म स्वास्थ्य जाच गर्दै आइरहेकी उपाध्यायले फुकोटमा रहेको स्वास्थ्य संस्थामा शनिवार विहान ६ बजे क्रमश पहिलो छोरा, ७ बजे दोश्रो छोरी र ७: ३०मा तेश्रो छोराको सफल जन्म दिएकी छन् । 

स्वास्थ्य इन्चार्ज र अनमीहरुको हेरचाहमा ३ सन्तानको जन्म दिएको उपाध्यायका २ सन्तानहरु १ हजार ६ सय ग्राम र छोरी १ हजार ७ सय ग्राम रहेका अनमी राधा विष्टले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!