अख्तियारमा सबैभन्दा बढि उजुरी शिक्षा तर्फ

Posted on: 27 Mar, 2017

धिराज आर. सी | चैत १४, जाजरकोट | जाजरकोटबाट अखतियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा अधिकांश शिक्षा क्षेत्रका उजुरीहरु परेका छन । 

आयोगको सुर्खेत कार्यालयले आज जाजरकोटमा पत्रकार सम्मेलन गरि जाजरकोटबाट सबै भन्दा बढि यस आर्थिक वर्षको फागुन मसान्त सम्म शिक्षा क्षेत्रमा ५४ वटा मुद्धा परेकोमा १६ वटा फर्चायौट भएको र बाँकि ३८ वटा अनुसन्धानको क्रममा रहेको आयोग सुर्खेका निमित्त कार्यालय प्रमुख जय बहादुर डाँगीले जानकारी दिनुभयो । 

त्यस्तै संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय तर्फका १२ वटा मध्ये १ फच्र्याैट भएको र ११ वटा अनुसन्धानमा रहेको, वन तथा भूसंरक्षण मन्त्रालय अन्तरगतका ११ वटा उजुरी मध्ये एउटा उजुरी फछ्यौट भएको र १० वटा बाँकी रहेको डाँगीको भनाई छ । त्यसगैरी ऊर्जा मन्त्रालय अन्तर्गतको १, स्वास्थ्य मन्त्रालय अन्तर्गतको २ वटा उजुरी सुनवाई भैसकेको डाँगीले बताउनु भयो । बाँकी रहेका उजुरीहरु अनुसन्धानका क्रममा रहेको डाँगीले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा सहभागी रहेका संचारकर्मीले सिचाई, सडक लगायतका अन्य क्षेत्रमा अख्तियारको आँखा प्रभावकारी रुपमा पुग्न नसक्दा भ्रष्टचार बढेको विचार राखेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!