डडेल्धुरामा म्यादी प्रहरीको लागि ४ दिनमा १६० जनाको दरखास्त

Posted on: 28 Mar, 2017

चैत १५, डडेल्धुरा । देशभरसहित डडेल्धुरामा स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना लिने काम सुरु भएको छ ।

 स्थानीय तह निर्वाचनका लागि देशभरबाटै ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिईन लागिएको हो ।

यही चैत ११ गते सुरु गरिएको भर्नामा सोमबारसम्म डडेल्धुरामा एक सय ६० जनाले  म्यादी प्रहरीको दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दरखास्त दिनको लागि १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेको हुनुपर्ने छ । पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्ने छन् । 

निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । आवेदन परेका मध्यबाट यहि चैत्र यही चैत १९ गते देखी २१ गते सम्म प्रारम्भिक छनौट गरि चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरिने जनाईएको छ । 

५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलब सुविधा पाउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!