कास्कीका वनअधिकृत ५० हजार घुससहित पक्राउ

Posted on: 28 Mar, 2017

चैत १५, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक जना वनअधिकृतलाई ५० हजार घुस सहित प्रक्राउ गरेको छ । 

ईलाका वन कार्यालय आर्वा, पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्कीलाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको हो । कास्की जिल्लाको काँऊ भलाम फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी काँऊ भलान फुलबारी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला वन कार्यालय कास्कीमा परेको निवेदन उपरको कारवाहीको क्रममा उनले घुस मागेका थिए ।

कार्कीलाई पोखरास्थित न्युरोडको एक रेष्टुरेण्टबाट घुस वापत लिएको रकमसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारले बताएको छ । घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोग केन्द्रिय कार्यालय टंगाल, काठमाडौंबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!