बाख्रापालन तथा मौरीपालन तालिम शुरु

Posted on: 29 Mar, 2017

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने तालिमबाट महिलाहरुलाई बाख्रा तथा मौरीपालन सम्बन्धी तालिमबाट सीप प्रदान गर्ने आयोजकले जनाएको छ ।

जलजला गाउापालिका साविक लेखफाँटक गाविसका १८ जना लाई मौरीपालन तथा पैयूँ गाउँँपालिका साविक टक्लाक गाविसका २० जना महिलाहरुलाई बाख्रापालन सम्बन्धी तालिम दिइन लागिएको महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ । 

“नेपालको संविधानले महिलाहरुलाई हरेक क्षेत्रमा अधिकार प्रत्याभूति गरी सोही अनुसार व्यवस्था गरेको छ  तर महिलाहरु आर्थिक रुपमा कमजोर भएकै कारण पनि उनीहरुको नेतृत्व र व्यक्तित्व विकास हुन सकेको छैन । जसका कारण पनि महिलाहरु पछि  परिरहेका छन् । महिलाहरुलाई सीप प्रदान गरी आत्मानिर्भर बनाउँदै नेतृत्व विकासमा टेवा पु¥याउने योजनाका साथ बाख्रा तथा मौरी पालन सम्बन्धी तालिम प्रदान गरेका हौं ।” – महिला विकास निरिक्षक, तारादेवि सुनुवार । 

बाख्रापालन सम्बन्धी तालिमको सहजिकरण जिल्ला पशुसेवा कार्यालयले र मौरी तथा च्याउखेती तालिमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयल गरेको आयोजकले जनाएको छ । 

तालिममा मौरीपालनको महत्व आवश्यक्ता,सम्भावना मौरीको वर्गिकरण, कार्यविभाजन , च्याउको परिचय महत्व सम्भावना च्याउका जातहरु रोग, रोगकिराको व्यवस्थापन , बाख्रापालन को महत्व, जात बाख्रामा प्रजनन व्यवस्था, विषाणुबाट हुने मुखय रोगहरु जिवाणुबाट हुने रोगहरु, वर्षै भरि हरियो घासको व्यवस्था खोर व्यवस्थापन,पाठापाठी र माउको व्यस्थापन  ,परजीवी नियन्त्रण आदि विषहरुको जानकारी दिईने आयोजकले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!