मोरङमा करेन्ट लागेर एकको मृत्यु

Posted on: 29 Mar, 2017

चैत १६, मोरङ । मोरङको मझारे–२ मा मंगलबार बेलुका करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मझारे–२ का ३५ वर्षीय दिपेन्द्र साह हुनुहुन्छ । 

उहाँलाई बेलुका ७ बजेतिर आफ्नै घरको सटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका साहलाई उपचारका लागि बिराट नर्सिङ होम बिराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो । 

मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!