नदीमा नुहाउँदै गर्दा बगेर एक युवाको मृत्यु

Posted on: 29 Mar, 2017

दान बहादुर बुढा/चैत १६, मुगु । गाँउ नजिक रहेको नदिमा नुहाउँदै गर्दा बगेर एक युवकको मृत्यु भएको छ ।

मुगु जिल्ला मुगम कार्मारोन गाँउपालिका वडा नं १० छाईल गाँउका २६ बर्षिय धर्मराज एैडीको बुधबार दिउसो १ बजे गाँउ नजिक रहेको मुगु कर्णालीको कोसेगौडा भन्ने स्थानमा नुहाउदै गर्दा बगेर मृत्यु भएको हो ।

युवक बगे लगतै गाँउलेहरुले उद्घार नसकेको र घटना स्थलबाट अन्दाजी ४०० मिटर तल गाँठे भन्ने स्थानमा लास भेटीएको प्रावि महका शिक्षक विनोद कुमार मल्लले बताउनु भयो ।

घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल उत्तर मा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!