पत्रकारको विकासका लागि ५० हजार पुरस्कार राशीको घोषणा

Posted on: 29 Mar, 2017


दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि आवश्यक पुरस्कार राशीकोष स्थापना गर्न करिव ५० हजार नगद सहयोग गर्ने बताउनु भएको छ । 

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिबसको अवसरपारी नेपाल पत्रकार महासंघ शाखा कालिकोटका नव निर्वाचित पत्रकारहरुलाई सम्मान कार्यक्रमको आयोजना गरी शाहीले यस्तो कुरा बताउनु भएको हो । 

सुन्दर कालिकोट समृद्ध कालिकोट द्धारा आयोजित सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष समेत रहनु भएका शाहीले कालिकोटलाई समृद्ध बनाउन संचार माध्यम र पत्रकारहरुको अहमभूमिका रहने भएकाले यसका लागि सबै पत्रकार साथीहरुले साथ दिन आग्रह समेत गर्नु भएको छ । 

]सम्मान कार्यक्रमको प्रमुख अथिति रहनु भएका अग्रज शाहित्यकार मोतिराज बमले आफ्नो लेखनको सुरुवात पत्रकारिताबाटै भएकाले यसको महत्वलाई दृष्टिगत गर्दै समाज रुपान्तरणमा आफ्नो कलम शाहित्य तर्फ लम्कीएको बताउनु भएको छ । 

यस्तै नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष तुलाराम पाण्डेले समग्र पत्रकारिताको विकासमा सचेत नागरिकको प्रमुख भूमिका रहने भएकाले यसका लागि अग्रजहरुबाट सुझाब र सल्लाहको खाचो रहेको बताउनु भएको छ । 

सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता शाहीले पत्रकारीता पेशामा लागेका अभियान्ताहरुको प्रोत्साहन तथा हौसलाको लागि पुरस्कार राशीकोषको स्थापना गर्ने घोषणा गरेकोमा खुशी ब्यक्त गर्दै यो कोषलाई बृद्धि गर्न महासंघले तत्काल पहल थाल्ने बताउनु भएको छ । 

सम्मान कार्यक्रममा आवास नेपाल सुर्खेतका पार्बती शाही रेडकक्रस शाखा कालिकोटका बलप्रसाद संज्याल, रेडियो मालिकाका संचालक मिन बहादुर बोगटी लागयत क्रियाशिल पत्रकार नागरिक समाज लगायतको उपस्थिति रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!