बाग्लुङ्गको तमानखोला गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ

Posted on: 29 Mar, 2017

कृष्ण कँडेल, बागलुङ चैत्र १६

तमानखोला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत कमलप्रसाद भुर्तेललाई स्थानिय एक युबतिलाई बजरजस्ती करणि गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोछ । 

साबिकको बाङ्गादोभान गाबिसका सचिब समेत रहेका भुर्तेलले गयराती करिब ८बजेको समयमा आफ्नै कोठामा एक युवातीलाई जबरजस्ती करणि गरेको मौखिक जानकारीको आधारमा पक्राउ गरि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले भुर्तेललाई पक्राउ गरि अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । 

घटनाको बारेमा अनुसन्धान भईरहेकाले अहिले थप केहि भन्न नमिल्ने रानाल बताउनुभयो ।

उनिहरुबिच यस अघि देखि नै अनैतिक सम्बन्ध रहेको र गय राती भुर्तेलले ति युवातीलाई आफ्नै कोठमा बोलाएर आपत्तिजनक अबस्थामा बसिरहेको अबस्थामा छिमेकीले देखेपछि घटनाको बारेमा खुलासा भएको स्रोतले बताएको छ । 

यसरी घटना बाहिर आएपछि युवातिका आफन्तले प्रहरीलाई मौखिक खबर गरेपछि भुर्तेललाई प्रहरीले पक्राउ गरेको बताईएको छ । 

भुर्तेललाई अहिले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा राखिएको छ । अनुसन्धानपछि घटनाको बारेमा थप भन्न सकिने र मुद्धा कसरी अगाडी बढाउने भन्ने यकिन हुने प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!