खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

Posted on: 30 Mar, 2017

चैत १७, महेन्द्रनगर । खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए । 

वड़ा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!