बरिष्ठ कलाकार हरिवंश आचार्य चढेको जीपलाई बसले ठक्कर दियो

Posted on: 30 Mar, 2017

चैत १७, काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य चढेको गाडीलाई बसले ठक्कर दिएको छ । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि उनि चढेको बा १३ च १२२९ नम्बरको स्कार्पियो जीपलाई गाडीले ठक्कर दिएको हो ।

तर, आचार्य भने सकुशल छन् ।

बसको ठक्करबाट गाडीमा क्षेती भएपनि कलाकार आचार्य सकुशल छन । पैदल यात्रुले बाटो काटेपछि आचार्यले गाडी रोकेका थिए । त्यहीक्रममा तीव्र गतिमा आएको बसले उनि चढेको गाडीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

जीपको पछाडिको सिसा फुटेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!