नवौ रास्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु ।

Posted on: 30 Mar, 2017


खकेन्द्र केसी

चैत १७ सल्यान

सल्यानमा नवौ रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनमा आज, भोली र पर्सि हुने मावि स्थरीय खेलको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको हो । त्रिभुवन जन मावि लुहापिङ को प्राङ्गणमा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले खेलकुद रास्ट्रको गहना भएकोले यसलाई जोगाउन सबै लाग्नुपर्ने बताएका छन । सल्यानमा विभिन्न खेलकुदमा प्रतिभामान व्यतिहरु भएको भन्दै जिल्लालाई चिनाउन खेलाडीको प्रमुख भुमिका भएको सहभागीले वताएका थिए । खेल स्वास्थ्यका लागि मात्रै फाइदा नभएर देश निर्माणको लागि खेलाडीको महत्वपुर्न भुमीका हुनेमा सबैले जोड दिएका थिए । 

जिल्ला स्थरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलनको लागी यस अघि सल्यानका दुई निर्वाचन क्षेत्र स्थरीय खेल थारमारे र काभ्राको रामपुरमा सम्पन्न भई ८ ओटा टिम छनोट गरिएको थियो । ति छनोट भएका टिमले अब रनिङ सिल्ड खेल्दै छन् । खेलहरुमा भलिबल, कराते, कवडी, यथिलेक्स, तेगुन्दो गरि ५ ओटा रहेको जिल्ला खेलकुद विकास समीतिले जानकारी दिएको छ । 

जिल्ला खेलकुद विकास समिती सल्यानका अध्यक्ष विजय सिंह को सभा अध्यक्ष बाट सुरु भएको कार्यक्रको प्रमुख अथितीको रुपमा स्थानीय विकास अधिकारी भरतकुमार अधिकारीलाइ बोलाए पनि उनको उपस्थिती रहेको थिएन । अथितीको रुपमा भने विभिन्न संघ सस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रमको स्वागत मन्तव्य जिल्ला खेलकुद संघ सल्यानका उपाध्यक्ष सिवन हमाल दिएका थिए भने संचालन सचिव शिव अधिकारीले गरेका थिए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!