चट्याङ लागेर पोखरामा एक किशोरको मृत्यु

Posted on: 02 Apr, 2017

चैत २०, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा शनिबार साँझ परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । 

घाँस बोकेर घर फर्कदै गर्दा बाटोमा चट्याङ लाग्दा १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!