जाजरकोटमा चट्याङबाट ३ जना घाईते

Posted on: 02 Apr, 2017

चैत २०, जाजरकोट । जाजरकोटको डाँडागाउ गाविस वडा नं. ९ बाँगेडाँडा टोलमा गए राति चट्याङ परेको छ ।

डाँडागाउ ९ का राम बहादुर थापाको घरमा चट्याङ परेको हो । चट्याङ बाट ३ जना घाईते भएका छन । घाईते हुनेमा घरमुली राम बहादुर थापा उनिकि श्रीमति डम्बरा कुमारी थापा र बुहारी हजारी थापा घाईत भएको स्थानिय विरबल रोकायले जानकारी दिनुभएको छ ।

चट्याङमा परि घरमा बाँधेर राखेको १ भैसी पनि मरेको छ । घरमा जोडेको सोलारमा समेत क्षेति पुगेको छ । घाईतहरुको अहिले सम्म उपचारनसकेको स्थानिय रोकायको भनाई छ । -जनक बहादुर सिंहको सहयोगमा 



यस बिषयमा तपाइको प्रतिक्रिया...!