ईलाका प्रशासनमा प्रमुख नहुदाँ सेवाग्राहीलाई सास्ती

Posted on: 04 Apr, 2017

अमृत बास्तोला/चैत २२, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका स्थित ईलाका प्रशासन कार्यलयबाट प्रबाह हुने सेवा कार्यालय प्रमुख नहुदाँ ठप्प भएको छ । 

कार्यालयका प्रमुखको जिम्मेवारी सम्हालेका सफल पोर्तेलको सरुवा भएदेखि नै  इलाका प्रशासन कार्यालय प्रमुख बिहिन भएको हो । जसका कारण कार्यालयबाट प्रबाह हुने प्रशासनिक दुई हप्ता देखि ठप्प भएको छ ।

प्रशासन कार्यालय नहुदा २ गाउँपालिकाका सर्बसाधारण मारमा परेका छन् । कार्यालयमा प्रमुख नहुदाँ २ ओटा गाउँपालिकाका सर्वसाधारण प्रशासनिक कामका लागी ६८ किलोमिटर कच्चि सडकको यात्रा गरेर तेह्रथुम सदरमुकाम म्याङलुङ धाउन बाध्य बनेका छन् । 

तेह्रथुमको आठाराई गाउँपालिका साविक संक्रान्तिबजार, खाम्लालुङ, ह्वाकु, ईवा, छातेढुङगा, चुहानडाँडा र थोक्लुङ गाविस र फेदाप गाउँपालिकाका साविक सम्दु र ईसिबु गाविसका सर्बसाधारणलाई गाउँमा नै प्रशासनीक सेवा दिन संक्रान्तिबजारमा प्रशासन कार्यालयको स्थापना भएको थियो ।

जिल्लाको पूर्वी भेगका जनतालाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले गत जेठ ३ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा ईलाका प्रशासन कार्यालको स्थापना गरिएको भएपनि, स्थापना भएको ९ महिना नबित्दै कर्मचारी अभावमा सेवा बन्द हुदाँ सर्बसाधारणलाई पुरानै सास्ती दोहोरीएको छ ।

गाउँपालिकाका विभन्न वडाहरुबाट सेवाग्राही कार्यालयमा आएपनि कार्यालयमा प्रमुख नभएपछि सेवाग्राहीलाई प्रशासनिक सेवा उपलब्ध गराउन नसकिएको ईलाका प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख धननारण श्रेष्ठले जानकारी दिनु भयो । सेवाग्राहीको तत्कालै काम गर्नु पर्ने भएमा सदरमुकाम पठाउने गरेको र धेरै सेवाग्राहीलाई फर्काउने गरिएको निमित्त कार्यालय प्रमुख श्रेष्ठले बताउनु भयो । 

कार्यलयमा कर्मचारी नहुदाँ सर्बसाधारणले सदरमुकाम धाउनु पर्ने बाध्यता रहे पनि स्थानिय निर्वाचन अगाडी कार्यालय प्रमुख आउने सम्भावना कम भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङको भनाइ छ  । इलाकामा प्रमुख नभएको समन्धित मन्त्रालयमा जनाकारी भएको छ, मन्त्रलयलाई निर्वाचन आंचरसहिताले नयाँ कर्मचारी सरुवा गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी तामाङले उल्लेख गर्नु भयो ।  

इलाका प्रशासन कार्यालय आएपछि सजिलै संग सेवा पाउन सकिने आशा लिएका आठराई सहित फेदाप बासीलाई प्रशानिक सेवा उपलब्ध नभए पछि “हात्ती आयो हात्ती आयो फुस्सा” भन्ने उखान जस्तै भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!