जंगली च्याउ खादा पोखरामा एकको मृत्यु ,तीन जनाको अबस्था गम्भिर

Posted on: 05 Apr, 2017

चैत्र २३,पोखरा जंगली च्याउ खादा पोखरा एक युवतीको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १६ लामाचौरकी १९ वर्षिय मन माया तामाङको ज्यान गएको छ भने अन्य तीन जनाको अबस्था गम्भिर छ ।

चैत १९ गते च्याउ खाएरकी उनलाई २१ गते उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याएको प्रहरीले जानकारी दिएको छ । तामाङको बुधबार साझँ मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी परेका १२ बर्षीय आयुश मगरलाई थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौं लगिएको छ भने अन्य दुई जनाको पोखरामा नै उपचार भईरहेको छ ।

६० बर्षीय माइली तामाङको मनिपाल र सोनाम मगरको चरक अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाई छ । बिशाक्त च्याउ खाएकै कारण उनीहरु बिरामी परेको चिकित्सकले बताएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!