सातसय पचास घर अन्धकारमा

Posted on: 06 Apr, 2017

चैत २४, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत गुदेलमा सञ्चालित बुदुम खोला लघु जलविद्युत आयोजनाको कुलो भत्किँदा त्यस आयोजनाका ७ सय ५० भन्दा बढि घरधुरी उपभोक्ता एक सातादेखी अन्धकारमा परेका छन् । 

आयोजना उपभोक्ता समितिका अध्यक्ष संचराम राईका अनुसार आयोजनाको कुलो करिब ३० मिटर भत्किँदा बिद्युत् उत्पादन ठप्प भएको हो । अप्ठ्यारो स्थानमा कुलो भत्किएर पहिरो गएका कारण कुलो बनाउन कम्तिमा एक महिना लाग्ने अध्यक्ष राईले जानकारी दिनुभयो । एकसय किलोवाट क्षमताको सो आयोजना दुई वर्ष अघिदेखि सुरु भएको हो । 

बिद्युत् अबरुद्ध भएपछि बत्ती बाल्न नपाउनुका साथै मोबाइल चार्जसमेत गर्न नपाउँदा सम्पर्क गर्न मुस्किल परेको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी दिनुभयो । बिद्युत् बन्द हुँदा बिद्युतीय मिल, कम्प्युटर कक्षालगायत प्रभावित भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!