स्वास्थ्य चौकीलाई रु १० लाखको जग्गादान

Posted on: 07 Apr, 2017

चैत २५, इलाम | इलामको फाकफोकथुम गाउँपालिका–५ साबिकको फुएतप्पा गाविसका समाजसेवीले स्वास्थ्य चौकी निर्माणका लागि करिब रु १० लाख बराबरको चार रोपनी जग्गा दान दिनुभएको छ । 

साबिक फुएतप्पा–२ का प्रसादसिंह राईले अढाई रोपनी, गर्जबहादुर राईले एक रोपनी र कर्णबहादुर राईले आठ आना जग्गा दान दिनुभएको हो । प्राप्त जग्गामा बर्थिङ सेन्टर, आवास तथा कार्यालयसहितको सुविधासम्पन्न भवन बन्ने स्वास्थ्य चौकीका इन्चार्ज शिवनाथ यादवले बताउनुभयो । 

यसैबीच, गाउँघर क्लिनिकको भवन निर्माणका लागि चारआना जग्गा प्राप्त भएमा जिल्ला जनस्वास्थ्य कार्यालयले भवन निर्माणका लागि रु दुई लाख बजेट दिने समेत इन्चार्ज यादवले जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!