पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधब नेपाल फागुन १६ गते डडेल्धुरा आउने

Posted on: 23 Feb, 2016

ललित बोहरा/फागुन ११, डडेल्धुरा । पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपाल फागुन १६ गते डडेल्धुरा आउनु हुने भएको छ ।

नेकपा एमाले परशुराम नगरपालीकाको प्रथम नगरअधिबेशनको लागि नेता नेपाल डडेल्धुरा आउने बताइएको छ । यसै बिच नेकपम एमालेले पार्टीले थालिरहेको जागरण अधिबेशनको बारेमा जानकारी गराउने उद्देश्यले मङगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको एमाले जिल्ला सचिब धन बहादुर साँउदले जानकारी दिनु भएको छ ।

नेकपा एमाले डडेल्धुराले अहिले नगरपरिषदलाई नै फरक ढङगले गर्ने बताएको छ । पत्रकारसंगको कुराकानीमा नेकपा एमाले जिल्ला अध्क्षय डा. तारा जोशीले जनचेतना, पर्यटन र बिकाश राजनीतीक पार्टी लगायतको बारेमा जनतालाई बुझाउने आफ्नो मुख्य उद्धेश्य रहेको बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!