स्थानीय विकाश अधिकारीलाई कांग्रेस डडेल्धुराद्धारा धम्कि

Posted on: 23 Feb, 2016

फागुन ११, डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले योजनाहरुमा आफुले भनेको गर्नु पर्ने भन्दै डडेल्धुराका स्थानीय बिकाश अधिकारी ज्ञान राज पाण्डेले आफुलाई कडा शब्द प्रयोग गरेको बताएका छन् ।

नेपाली कांगे्रसका केही कार्यकर्ताले असहज परिस्थिती सृजना गरेका स्थानिय विकास अधिकारी पाण्डेको भनाई छ । मणिलेक गाविसमा निर्माणाधिन सडकको विवादले पूर्व स्थानिय विकास अधिकारीलाई सरुवा हुन बाध्य तुल्याएको जनाउदै स्थानिय विकास अधिकारी पाण्डेयले राजनैतिक खिचातानीले कर्मचारीलाई डडेल्धुरामा काम गर्न गाह््रो बनाएको जनाएका छन । आफ्ना कारणले डडेल्धुराको विकासमा बाधा आए परिषद तथा स्थानिय विकास अधिकारीको रुपमा नबस्ने जनाएका छन ।

यसैबिच नेपाली कांग्रेस डडेल्धुराले जिल्ला विकास समतीको बैठक, परिषद तथा जिविसको संलग्नता रहेका कुनै पनि कार्यक्रम सहभागि नहुने जनाएको छ । स्थानिय विकास अधिकारीले स्वयम झमेला सृजना गरि नेपाली कांग्रेसलाई विकास निर्माणका कार्यमा संलग्न हुन अप्ठेरो परिस्थिती निम्त्याएको नेपाली कांग्रेस डडेल्धुराका कार्यबाहाक सभापति तथा सचिव लक्ष्मीप्रशाद अवस्थिद्धारा हस्ताक्षरित जानकारी पत्रमा उल्लेख छ ।

विगत एक बर्ष देखी काम अवरुद्ध गर्ने क्रियाकलाप थालिएको भन्दै यो प्रक्रिया नरोकिए सम्म सहभागिता नजनाउने जिल्ला प्रशासन कार्यालय बोधार्थ रहेको पत्रमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!