जिल्ला स्तरिय कार्यशाला गोष्ठि सम्पन्न

Posted on: 25 Feb, 2016

ललित बोहरा/फागुन १३, डडेल्धुरा । सुदुरपश्चिम विकास आयोगले परिचय, सम्भावना र चूनौती प्रस्तुत गर्दै डडेल्धुरा सदरमुकाममा बार्षिक योजना तर्जुमा सम्बन्धि जिल्ला स्तरिय कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

आफ्नो बार्षिक योजना तर्जुमा सम्बन्धि जिल्ला स्तरिय गोष्ठि बुधबार डडेल्धुराबाट शुरुवात गरेको जनाएको छ । सुदुरपश्चिम विकास क्षेत्रको सर्वांगीण विकासको लागी आवश्यकतम निती तर्जुमा गर्न, योजना तथा कार्यक्रम निर्धारण गर्न, एवंम शिघ्र कार्यान्वयनमा सहयोग गर्ने उद्देश्यले गोष्ठिको आयोजना गरिएको थियो ।

गोष्ठिमा सहभागि सरोकारवालाहरुले सुदुरपश्चिमको समग्र विकासकालागी पर्यटन क्षेत्रमा लगानीका साथै सरकारले निजी लगानी कर्तालाई काम गर्ने वातावरण मिलाउनु पर्ने बताएका थिए । यस्तै सुदुरपश्चिममा जलश्रोतको सम्भावना निकै रहेकाले रोकिएको पश्चिम सेती र पञ्चेश्वर परियोजनालाई तत्काल लागु गर्न सुझाव दिएका छन ।

माहाभारत पर्वत श्रंखलालाई राष्ट्रिय निकुंञ्जको रुपमा घोषणा गर्न, मानसरोवर नाका खोल्नका लागि सरकारलाई घच घचाउन पनि सरोकारवालाहरुले सुदुरपश्चिम विकास आयोगलाई सुझाव दिएका छन ।

कार्यक्रमका प्रमूख अथिती व्यवस्थापिका सांसद सदस्य ज्ञानु गैरेले डडेल्धुरामा शिप केन्द्रको स्थापना हुनु पर्ने बताएकी छन । डडेल्धुरा सुदुरपश्चिमका जिल्लाको मुटुका रुपमा रहेको बताउदै सभासद गैरेले सात नम्बर प्रदेशको राजधानी डडेल्धुरा हुनु पर्ने धारण राख्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!