डडेल्धुराको भद्रपुर गाबिसको मगरौ गाउका नागरिक बिद्युत सुबिधाबाट बञ्चित

Posted on: 25 Feb, 2016

ललित बोहरा/फागुन १३, डडेल्धुरा । डडेल्धुराको भद्रपुर गाबिसको मगरौ गाउँका नागरिक बिद्युत सुबिधाबाट बञ्चित भएका छन् ।

गाउँमा २ बर्ष पहिले नै बिद्युत लाईन पुगेको भएपनि मिटरको अभावमा आफुहरुले बिजुली बाल्न नपाएको स्थानीय मोहन चन्दले गुनासो पोखेका छन । मिटरको लागि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र डडेल्धुरा पुग्दा समेत मिटर छैन भनि फर्काउने गरेको अर्का स्थानीय सिद्धराज भट्टले बताएका छन ।

तर चैत्र महिनाको पहिलो साता डडेल्धुरामा मिटर पुग्ने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र डडेल्धुराले जनाएको छ । भारतीय नाकाबन्दी मधेश आन्दोलनका कारण ल्याउन नसकिएका मिटरहरु हेटैडा पुगिसकेको र केही दिनमै डडेल्धुरा पुग्ने बितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!