डडेल्धुरा जिल्लाका नदि नालाहरुबाट गिट्टी बालुवाको तस्करी बढ्दै

Posted on: 28 Feb, 2016

ललित बोहरा/फागुन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लाका नदी नालाहरुबाट ढुङ्गा गिट्टीको चोरी निकासी हुने गरेको छ ।

ठेक्का प्रक्रिया हुन नसक्दा डडेल्धुरा जिल्लाका बिभिन्न नदी नालाहरुबाट ढुङ्गा, बालुवा, गिट्टीको चोरी निकासी बढेको हो । आर्थिक वर्ष २०७२÷०७३ का लागि ठेक्का प्रक्रिया रद्द भएपछि जिल्ला विकास समिति डडेल्धुरालाई प्राप्त हुने १३ लाख भन्दा बढी राजस्वमा घाटा समेत भएको छ ।

ठेक्का प्रक्रिया लागु हुन नसक्दा भित्रि मधेश सहित अन्य क्षेत्रका नदी नालाहरुमा वालुवा, गिट्टी, ढुङ्गाको अवैध रुपमा प्रयोग हुँदै आईरहेको छ ।

डडेल्धुराका बगरकोट, चिपुर, गणेशपुर, मणिलेक, भागेश्वर लगाएतका बिभिन्न गाविसमा निर्माण भईरहेका मोटरपुलमा समेत अवैध रुपमा संकलन भईरहेका गिट्टी, बालुवा र ढुङ्गा प्रयोग भईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!