व्यवसायिक तरकारी उत्पादनसम्बन्धी कृषक युवाहरुलाई तालीम दिईयो

Posted on: 28 Feb, 2016

फागुन १६, डडेल्धुरा । जिल्लाका बिभिन्न स्थानबाट छनौट भएका युवा कृषकहरुलाई चार दिने तालीम डडेल्धुरामा सम्पन्न भएको छ ।

जिल्लाका अगुवा ६० जना कृषकलाई युवा लक्षित व्यवसायिक तरकारी उत्पादन कार्यक्रम अन्र्तगत व्यवसायिक तरकारी खेती सम्बन्धि तिन दिने सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

तरकारी खेतीका लागि उपयुक्त र संम्भाबित क्षेत्रका बिभिन्न तरकारी खेती गर्दै आईरहेका कृषकहरुको ओबदन छनौैट भई आएका अगुवा किसानहरुलाई व्यवसायिक योजना, बाली संरक्षण, बेमौसमी तरकारी खेती प्रबिधि ,बालीको उपचार , बजारीकरण लगायत बाली बीमा सम्बन्धि बिभिन्न कृषि प्रणालीका बारेमा तालीमका विषयहरु रहेको बागबानी विकास अधिकत सुदिप देवकोटाले जानकारी दिएका छन ।

फागुन १३ देखि १५ सम्म युवा लक्षित व्यवसायिक तरकारी उत्पादन र एक दिन बालीबीमा सम्बन्धि तालीम पाए पछि कृषकहरु पनि उत्साहित भएका छन । तालीमको समापन कार्यक्रममा आफ्नो अनुभव सुनाउदै सहभागि देवलदिव्यपुरका कृषक धनेश्वर पन्त र अर्का सहभागि मञ्जु ऐरले तालीममा आफूले पाएको कृषि सम्बन्धि ज्ञानहरु व्यबहारमा लागु गरे कृषकको आयआर्जनस्तर बृद्धि हुनुका साथै समुदाय पनि उत्प्ररित हुने भएकोले तालीमलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ बागबानी विकास अधिकृत राजेश केसी, जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका कृषि प्राबिधिक अधिकृतहरुले तालीम दिएका थिए ।

समापन कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका बरिष्ठ कषि विकास अधिकृत दिनेश प्रसाद सापकोटाले सरकारले ल्याएको युवा लक्षित कार्यक्रम र कृषकका लागि प्रदान गरेको तालीमबाट कृषकहरु प्रत्यक्ष लाभान्वित हुने भएकाले कार्यक्रमको उद्देश्यलाई सफल पार्न कृषकहरु माटोसँग तालीम लिनु बाकी रहेको बताउदै जिल्लाको कृषि विकासमा तालीम उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्नु भएको थियो । -टेक राज अबस्थीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!