डडेल्धुरा बिपद ब्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय बैठक सम्पन्न

Posted on: 01 Mar, 2016

ललित बोहरा/ फागुन १८, डडेल्धुरा । सामुदायीक बिपद ब्यवस्थापन समिती जिल्ला सञ्जाल डडेल्धुराको जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई सञ्जालले गरेका, गरिरहेका क्रियाकलाप, आगामी योजना बारे जानकारी गराउने उद्धेश्यले बैठकको आयोजना गरेको थियो ।

dadeldhura

बैठकमा प्रकोप जोखीम न्युनीकरण सचेनता सञ्चालन गर्ने, बिपदमा प्रभावितहरुको संञ्जाल बिस्तारमा जोड दिने, बन तथा वातावरण सरक्षण गर्ने सञ्जालको मूख्य उद्धेश्य रहेकको सञ्जालका अध्यक्ष हरीना कामीले जनाएकी छन । बैठकमा डडेल्धुराका १० गाबिसहरुमा प्रकोपको उच्च जोखीम रहेको भन्दै सोही क्षेत्रमा सञ्जाल बनाए र बिपद सञ्जालले काम गरी रहेको जनाईएको छ । डडेल्धुरामा अहिले बिपदमा काम गर्ने संघ सस्थाहरु धेरै रहेकोले हामी संग सहर्काय गरेर काम गर्नु पर्ने सञ्जालका अध्यक्ष कामीले आग्रह गरे ।

यस्तै बैठकका प्रमुख अतिथी तथा जिल्ला दैबिक प्रकोप उद्धार समितीका अध्यक्ष एवंम पं्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद लूईटेले जिल्लामा रहेको आपतकालीन कोषमा ४ लाखमा बजेट रहेको र आफुले नेपाल सरकारसंग करीब एक करोड फिरीज नहुने गरी बजेट माग गरेको बताएका थिए । बैठकमाम जिल्लामा बिपदका क्षेत्रमा काम गर्ने सम्र्पूण सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो । भने १० वटा गाबिसका बिपद सञ्जालका अध्यक्षहरुको समेत सहभागीता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!